साउन १९, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले बिहीवार (आज) देखि ५ करोड इकाई निष्कासन गरेको छ ।
कोषले निष्कासन गरेको कुल ५ करोड इकाईमध्ये ७५ लाख कित्ता कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएकोे छ भने बाँकी न्यूनतम ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ७५ लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो ।
उक्त इकामा साउन २३ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १०० कित्तादेखि ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । इकाई निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
साथै आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यो खुलामुखी योजना हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।