साउन २२, काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीको शुक्रवार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।