साउन २३, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म रू. ६८ लाख ९३ हजार खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा अघिल्लो वर्षको भन्दा ८८६ दशमलव १२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ लाख ९९ हजार खुद नाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ८४१ दशमलव ६० प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा रू. ९८ लाख ६८ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले रू. १० लाख ८४ हजार सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
एक वर्षको अवधिमा कम्पनीको जगेडा कोष तथा सरप्लसमा १०३ दशमलव ९० प्रतिशत रकम बढेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा रू. ६० लाख ६९ हजार थियो भने गत असार मसान्तसम्म उक्त कोषमा रू. १ करोड २३ लाख पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४ दशमलव ४६ प्रतिशतले बढेर १ करोड ७५ लाख पुगेको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. २ करोड ७ लाख रहेको छ । कम्पनीको सापटी रकम ९ दशमलव ९० प्रतिशतले बढेर १० करोड ८६ लाख, कर्जा रकम १९ दशमलव ८५ प्रतिशतले बढेर रू. २७ करोड ७३ लाख पुगेको छ भने निक्षेप संकलन २२ दशमलव १४ प्रतिशतले बढेर १४ करोड ५३ लाख पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव २९ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ८८ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।