साउन २४, काठमाडमौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २४ करोड ९५ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने १३ दशमलव ८९ प्रतिशत कम आएको हो । अघिल्लो आवमा कम्पनीले रू.२८ करोड ९७ लाख नाफा कमाएको थियो ।
कम्पनीको विद्युत् विक्री आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ६ दशमलव २८ प्रतिशत वृद्धि भएको छ। कम्पनीले अघिल्लो आवमा विद्युत् विक्री बापत रू. ७० करोड ६७ लाख आम्दानी गरेकोमा गत आवमा रू. ७५ करोड १० लाख पुर्याएको छ । त्यसैगरी गत आवमा कम्पनीले अन्य स्रोतमार्फत रू. ४७ लाख ८० हजार आम्दानी गरेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड छ भने गत आवमा कम्पनीले जगेडामा रू.२५ करोड ८० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशलमव ४५, मूल्य आम्दानी अनुपात ३४ दशमलव १२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १३२ दशलमव ९१ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।