सिद्धार्थ क्यापिटलका दुई योजनाद्वारा बुक क्लोज मिति तय

Share News

साउन २९, काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडका दुई योजनाले  नगद लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेका छन् ।

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले भदौ ७ गते इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएका हुन्  । यस आाधारमा यी दुई योजनाको इकाई भदौ ६ गतेसम्म खरीद गर्ने इकाईधनीले नगद लाभांश प्राप्त गर्न सक्नेछन् । 

सिद्धार्थ इक्विटी फण्डले इकाईधनीलाई आव २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट ९ प्रतिशत नगद लाभांश (करसहित)  वितरण गर्न लागेको हो । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ ले १० प्रतिशत नगद लाभांश  (करसहित) इकाईधनीलाई वितरण गर्न लागेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।