अपि पावरले एक वर्षमा कमायो १४ करोडभन्दा बढी नाफा 

Share News

साउन ३१, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपि पावर कम्पनी लिमिटेडले रू. १४ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ११ दशमलव ८५ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको खुद नाफा रू. १२ करोड ६० लाखभन्दा बढी थियो ।

गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा ४१ दशमलव ३५ प्रतिशत बढी विद्युत विक्रीबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष रू. ३६ करोड ७२ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ५१ करोड ९१ लाखभन्दा बढी आम्दानी गरेको हो । 

गत वर्ष कम्पनीको वित्तीय खर्च कम हुँदा खुद नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष रू. १७ करोड १० लाखभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष रू. १५ करोड ९२ लाखभन्दा बढी मात्र भएको हो ।

हकप्रद र बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार पु¥याएको कम्पनीको रिटेन्ड अर्निग करिब ६ प्रतिशत बढेर रू. २९ करोड ६६ लाखभन्दा बढी कायम भएको छ ।

कम्नपीको दिर्घकालिन लगानी भने अघिल्लो वर्षभन्दा ५५ दशमलव ४८ प्रतिशत बढी रू. ४ अर्ब ६८ करोडभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव ७२ रहेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।