बलेफी हाइड्रोपावरको घट्यो नोक्सानी, अघिल्लो आवभन्दा गत आवमा ३८ लाख कम

Share News

भदौ १, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा गत आवमा रू. ३८ लाख ३२ हजार घटेको छ । गत आवमा कम्पनीकाे नाेक्सानी रू. २ लाख ४३ हजार रहेकाे छ । अघिल्लो आवमा कम्पनीकाे नाेक्सानी रू. ४० लाख ७५ हजार थियाे । 

चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको कम्पनीको गत आवको चौथो त्रैमाससम्म जगेडा कोष रू. ९ करोड ३८ लाख ऋणात्मक छ । सो अवधिमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ०१ ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू.९४ दशमलव ८६ रहेको छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।