भदौ १०, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबीएल सहभागिता फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित नाफाबाट ७ दशमलव २०५ का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय गरेको छ । फण्डको अनुसार भदौ ९ गते गते बुक क्लोज भएको छ । यस आधारमा भदौ ८ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित नगद लाभांश पाउनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।