लक्ष्मी उन्नती कोषको न्याभ रू. १०.७०

Share News

भदौ १३, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कोषको प्रतिइकाई खुद मूल्य (न्याभ) असार महीनाको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्ममा कोषको न्याभ रू. १० दशमलव ५६ रहेकोमा साउनमा रू. १० दशमलव ७० कायम भएको हो । 

त्यसैगरी कोषले असार महीनामा रू. ३ करोड १८ लाख नाफा कमाएकोमा साउनमा रू. ७ करोड ३६ लाख नोक्सानीमा रहेको छ । 

असार मसान्तसम्ममा कोषको जम्मा खर्च रू. १ करोड ४१ लाख रहेकोमा साउन मसान्तसम्ममा रू. १० लाख रहेको छ । त्यसैगरी साउन मसान्तसम्ममा कोषको जम्मा आम्दानी घटेको छ । असार मसान्तसम्ममा रू. ४ करोड ६० लाख आम्दानी गरेको कोष साउनमा ७ करोड २५ लाख नोक्सानीमा रहेको छ । 

साउन मसान्तसम्म कोषको सूचीकृत शेयरमा लगानी रू. ३४ करोड ५० लाख रहेको छ भने कोषको मुद्दती निक्षेपमा रू. ७० करोड रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।