भदौ १४, काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड-३ ले खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार फण्डको नोक्सानी एक महीनामा रू. १७ करोड २६ लाख घटेको छ । असार मसान्तसम्म रू. १७ करोड ८० लाख नोक्सानीमा रहेको फण्ड साउन मसान्तसम्म रू. ५४ लाख ४९ हजार नोक्सानीमा छ ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) असारको तुलनामा साउनमा घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ रू. ८ दशमलव ५८ रहेकोमा साउनमा रू. ८ दशमलव ५३ कायम भएको छ ।
जम्मा खर्चमा भने कमी आएको छ । साउन मसान्तसम्म जम्मा खर्च रू. १९ लाख ६५ हजार भएको छ भने असार मसान्तसम्म यस्तो खर्च रू. २ करोड ४९ लाख रहेको थियो । फण्डको ऋणपत्रमा लगानी घटेको छ । असार मसान्तसम्म ऋणपत्रमा रू. ५ करोड ७० लाख लगानी थियो भने साउन मसान्तसम्म यस्तो लगानी घटेर रू. ५ करोड ६४ लाखमा झरेको छ ।
त्यस्तै साउन मसान्तसम्म फण्डको मुद्दती निक्षेपमा रू. १८ करोड ४५ लाख रहेको छ । त्यस्तै सूचीकृत शेयरमा उक्त अवधिमा रू. ६२ करोड १५ लाख लगानी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।