भदौ २१, काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार १२५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ११५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढेको छ । यो दिन (नेपाली समय अनुसार बिहान ११:०० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१६ दशमलव १० डलर पुगेको छ । अघिल्लो कारोबार दिन स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१४ दशमलव ०३ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, तीन दिनदेखि स्थिर रहेको डलरको मूल्य आज बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ ०६ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ९८ पैसा थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।