भदौ २२, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को लाभांश नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ ।
समितिले कम्पनीले पेश गरेको प्रस्तावित लाभांशसहितको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण गत भदौ २० गते स्वीकृत गरेको हो ।कम्पनीले अघिल्लो आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको साउन २० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको आधारमा कुल रू. १५ दशमलव २६ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृति दिएसँगै आगामी वार्षिक साधारणसभामा पेश हुनेछ । वार्षिक साधारणसभाबाट पारित भएपछि कम्पनीको लाभांश वितरणयोग्य हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।