‘मात्र १ रुपैयाँमा किताब’ प्रभाले झस्किएर किताबहरुको चाङमा आँखा डुलाए । ललितपुरको पूल्चोक स्थित साझा प्रकाशन केन्द्रीय कार्यालय प्राङ्गणमा जारी पुस्तक प्रदर्शनीमा पुस्तक पारखीहरुको लगभग घुँइचो लागिरहेको छ ।
भीमनिधि तिवारी द्वारा लिखित बयासी र बीस गजल – ‘मेरी’ नामक पुस्तक छुट सहित ७० पैसामा लगभग सबै विक्री भइसकेको छ भने वासुदेवको भीमसेनपाती सोही रकममा उपलब्ध छ ।
भदौ १९ देखि पुस्तकालय दिवस तथा बडा दशैंको अवसरमा बृहत पुस्तक प्रदर्शनी भदौ ३१ गते सम्म जारी रहन्छ । पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तकहरु, नेपाली साहित्यका कथा, कविता, उपन्यास, निवन्ध र शब्दकोष लगायत विभिन्न पुस्तक प्रदर्शनीमा राखिएको छ ।
२०४० सालभन्दा अगाडि प्रकाशित भएका पुस्तकहरूमा ५० प्रतिशत, २०५० सालभित्र प्रकाशित भएका पुस्तकमा ४० प्रतिशत छुट र २०५१ सालपछि प्रकाशित भएका पुस्तकहरूमा ३० प्रतिशत छुटको व्यवस्था गएिको छ तथा शब्दकोशहरूमा २५ प्रतिशत छुट र साझा प्रकाशनबाहेक प्रकाशनका पुस्तकहरूमा ३० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।
प्रदर्शनीमा महँगोमा २८०० रुपैंयामा प्रा. नीलमणि ढुँगानाको संस्कृत नेपाली शब्दकोष रहेको छ । सबै उमेर समूहको पुस्तक पारखीहरुको उलेख्य उपस्थिति रहेको छ ।
सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।