भदौ २३, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको साधारणसभा असोज १३ गते बस्ने भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभाको लागि होटल क्यासिक सिमरा बाराको इमेल मार्फत मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइनेछ । सभा बिहान ११ः३० मा हुनेछ ।
उक्त सभामा कम्पनीले प्रस्तावित शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रू. १ करोड ९३ लाख ८२ हजार ९५१ पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट यस कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको बोनस शेयर १४ दशमलव ५० प्रतिशतले हुन आउने रू. ३६ करोड ८२ लाख ७६ हजार ०५७ दरले हुने बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात् परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।