बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थप

Share News

भदौ २६, काठमाडौं । भदौ ६ गतेदेखि विक्रीमा आएको बरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर खरीदका लागि भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । 

कम्पनीले आइतवार सूचना जारी गर्दै हकप्रद शेयर खरीदका लागि आवेदन दिने समय थप भएको जनाएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन २ गते एक दिन बुक क्लोज गरेकाले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।