सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

Share News

भदौ २७, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ ।

फण्डले नगद लाभांश वितरणको लागि भदौ २९ गते बुक  क्लोज गरेकाले भदौ २८ गते अर्थात् भोलि मंगलवारसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् ।   फण्डले आर्थिक वर्ष २०७८/ ०७९ का लागि ईकाइधनीहरूलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।