भदौ २९, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले फण्डको १२ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात् फण्डको इकाईमूल्य १० दशमलव ३० कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको मूल्य समायोजन गरेको हो।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।