भदौ ३१, काठमाडौं । भदौ ६ गतेदेखि विक्रीमा आएको बरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने शुक्रवार (आज) अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गरेको हो ।
हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।