असोज २, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेसँगै असोज ३ गते सरकारी विदा रहेकाले आजसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८ सम्मको नाफाबाट शेयरधनीलाई १४ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले असोज १३ गते साधारणसभा बोलाएको छ । सभा होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे शुरू हुने जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।