दशैं-तिहार लक्षित सहुलियत दरमा खाद्यान्न विक्री शुरू

Share News

बाजुरा । दशैं र तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियत दरमा खाद्यान्न विक्री शुरू गरेको छ । कम्पनीले सार्वजनिक सूचना जारी असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सहुलियत दरमा खाद्यान्न विक्री शुरू गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताएका छन् ।

उनका अनुसार जिल्ला सदरमुकाम मार्तडी र पूर्वी उत्तरी भेगका चार पालिकाका लागि कोल्टी डिपोबाट खाद्यान्न विक्री थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले अरुवा मोटा चामल प्रतिकिलो रू. ४१ र जिरा मसिनो प्रतिकिलो रू. ६१ दरले मार्तडी र कोल्टीबाट विक्री थालेको कम्पनी प्रमुख ओझाले जानकारी दिए ।

चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्यअनुसार चामलमा प्रतिकिलो रू. ७ छुट दिइएको शाखा प्रमुख ओझाले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा अहिले १ हजार २ सय क्विन्टल र कोल्टी डिपो शाखाका लागि १ हजार ३ सय क्विन्टल चामल विक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । -रासस
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।