काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८/ ०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले १० प्रतिशत बोनस शेयर (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी १२औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. २ अर्ब ४ करोड पुग्नेछ । कम्पनीले अघिल्लो वर्ष भने १७ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।