चाडपर्व आएपछि मात्रै अनुगमनमा तात्ने वाणिज्य विभाग : यो वर्ष पनि यातायातदेखि रेष्टुरेन्टसम्ममा अनुगमन

Share News

काठमाडौं। दशैं नजिकिएसँगै  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीब्र पारेको छ । 

नियमित अनुगमन गर्दै आएको  विभागले चाडपर्व लक्षित अनुगमनको लागि अहिले विभिन्न ११ ओटा विभागीय  अनुगमन समिति नै बनाएर अनुगमन गरिरहेको बताएको छ ।

विभागका प्रवक्ता हरि पंगेनीका अनुसार विभागले नियमित गर्दै आएको अनुगमनलाई चाडपर्व लक्षित गरेको र त्यसका लागि विभिन्न सेक्टरमा विज्ञसहितको टोली निर्माण गरिएको छ ।

विज्ञसहितको टोलीले खाद्य वस्तुको अनुगमन गर्ने छ ।  टोलीमा नापतौल, तरकारी फलफूल, लत्ताकपडा लगायतको छुट्टा छुट्टै अनुगमनका लागि छुट्टा छुट्टै अनुगमन टोली खटिएको पंगेनीले जानकारी दिए।

उनका अनुसार चाडपर्व लक्षित अनुगमनको तयारीका लागि गत भदौ ३१ गते विभिन्न सरोकारवाला निकायहरूको विभागीय समन्वय बैठक  बसेको थियो । वैठकमा खाद्य तथा गुण नियन्त्रक कार्यलय, नेपाल नाप तौल  गुणस्तर विभाग, कृषी/भेटनेरी विभाग लगायतको समन्वयमा अनुगमन टोली बनाइएको छ ।  जसले आफ्नो विज्ञ टोली मार्फत अनुगमन गर्ने छ भने कार्वाहीका लागि विभागलाई अनुरोध गर्ने छ ।

जिल्ला/स्थानीय स्तरमा पनि अनुगमन गर्न अधिकार प्रत्यायोजन

चाडपर्व नजिकिएपछि जिल्लास्तरमा पनि अनुगमन तीब्र पारिएको छ । जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनको जिम्मा दिइएको छ ।

अनुगमन गर्ने तीनै  तहका सरकारको उत्तिकै दायित्व समेत भएकोले  ७५३ ओटै स्थानीय तहलाई अनुगमनको अधिकार प्रत्यायोजन गरिएको विभागका प्रवक्ता पंगेनीले जानकारी दिए । 

स्थनिय निकायका प्रशासकीय अधिकृत  र  त्याहाँ स्थित ईलाका प्रहरी कार्यालयका प्रमुखलाई समेत अनुगमन तथा कार्बाहीको अधिकार प्रत्यायोजन गरिएको उनले बताए ।
 
'हाल देशै भरी अनुगमन तीब्र पारिएको भन्दै केहि जिल्लाबाट प्रभावकारी अनुगमन भइरहेको रिपोर्ट आएको छ ।’ पंगेनीले भने, ‘प्रभावकारी भूमिका नभएको स्थानमा गृहमन्त्रालयको सहयोगमा विभागले अनुगमनलाई अगाडि बढाउने छ ।'

बस भाडा असु्ली तथा ठगी समेत हुन सक्ने भन्दै विभागले ट्राफिक प्रहरी र यातायात व्यवसायीसँग सहकार्य गरी अनुगमन गरिरहेको बताएको छ ।  

त्यस्तै, राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टमा पनि अनुगमन तीब्र पारिएको छ । 

होटल तथा रेष्टुरेन्टमा बासी सडेगलेको खाना बेचेको तथा चर्को मूल्य लिएको गुनासो आउने गरेको भन्दै चाडपर्वमा यात्रु नठगिउन भनेर खाद्य विज्ञको टोलिले स्थानीय प्रहरी र प्रशासन लगायतको सहकार्यमा अनुगमन शुरू गरेको प्रवक्ता पंगेनीले बताए ।

अनुगमनबाट प्राप्त त्यस्ता खाद्यन्न लगायतका वस्तुको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याबमा परीक्षण गरिने छ । कार्यालयले त्यसको लागि विभिन्न स्थानमा १२ ओटा परीक्षण पोइन्ट तयारी अवस्थामा राखेको पंगेनीले बताए । 

त्यस्तै कृषी विभागले पनि आफ्ना ल्याबहरुमा  जुनसुकै बेला  परीक्षण गर्न सकिने गरी तयारी अवस्थामा राखेको विभागले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।