राम्रो कमाइ गर्न सकिने भएपछि कपाल काट्ने तालिम लिँदै नेपाली युवाहरू

Share News

काठमाडौं । व्यवसायिक तथा सिप विकास तालीम केन्द्र गण्डकी प्रदेशद्वारा सञ्चालित कपाल काट्ने तालिम लिन युवाहरूको घुइँचो लागेको छ ।

पोखरा महानगरपालिका-१७ हिमालीटोलमा सञ्चालित कपाल काट्ने तालिममा कपाल काट्न तालिम लिने र कपाल कटाउनेको उस्तै भीड लाग्ने गरेको छ ।

अहिले नेपालमा कपाल काट्ने पेशमा लाखौ भारतीयहरूको दबदबा छ । नेपाली युवाहरूले कपाल काट्ने पेशा अंगाल्न हिच्किचाउँदै आएका थिए । तर, अहिले कपाल काट्ने पेशामा आकर्षक कमाई हुने थाहा पाएपछि धेरै नेपाली युवा यो पेशामा आकर्षिक भइरहेका छन् ।

अहिले काठमाडौं उपत्यकामा सामान्य कपाल काटेको पनि १५० देखि २०० रुपैयाँसम्म लिने गरेका छन् । त्यसमा विभिन्न डिजाइन थप्ने हो भने एक पटक कपाल काटेकै ५०० देखि १ हजार रुपैयाँसम्म लिने गरेका छन् ।

दैनिक १० जनाको मात्रै कपाल काट्न सके पनि सरदर १५ सय देखि २ हजार रुपैयाँसम्म कमाउन सकिन्छ । महिनामा ६० हजार रुपैयाँ कमाउन खाडी मुलुकको चर्को गर्मीमा पसिना बगाउनु पर्दैन ।

उपत्यकामा शैलुन खोलेका भारतीय र मधेशका युवाहरूले मासिक २ लाख रुपैयाँसम्म पनि कमाउँदै आएका छन् । 

तस्वीर : रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।