काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा बिहीवार (भोलि ) हुने भएकाे छ । बाराकाे सिमरास्थित होटल क्लासिकमा उक्त दिन बिहान ११ः३० बजे साधारण सभा शुरु हुनेछ ।
साधारण सभामा १४ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको हाल कायम पूँजी संरचनालाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ४ गते नै बन्द गरिसकेको छ । यस आधारमा असोज २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।