काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कोषको प्रतिइकाई खुद मूल्य (न्याभ) साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तसम्ममा कोषको न्याभ रू. १० दशमलव ७० रहेकोमा भदौमा रू. ९ दशमलव ८८ कायम भएको हो ।
साउनमा रू. ७ करोड ३६ लाख नोक्सानीमा रहेको काेषकाे भदौमा उक्त नाेक्सानी रू. ९ करोड ४३ लाख छ ।
साउन मसान्तसम्ममा कोषको जम्मा खर्च रू. १० लाख रहेकोमा भदौ मसान्तसम्ममा रू. २० लाख रहेको छ । त्यसैगरी भदौ मसान्तसम्ममा कोष रू. ९ करोड २२ लाख नोक्सानीमा छ ।
भदौ मसान्तसम्म कोषको सूचीकृत शेयरमा लगानी रू. ३३ करोड २ लाख छ भने कोषको मुद्दति निक्षेपमा रू. ७० करोड छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।