एशियन लाईफ इन्स्योरेन्सको १४औं वार्षिक साधारण सभा सम्पन्न,लाभांश पारित

Share News

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । 

सभाले १४ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित पारित गरेको छ।

 कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ४ गते एक दिन बन्द गरिसकेको छ । यस आधारमा असोज २ गतेसम्म कायम शेयरधनीले साधारण लाभांश पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।