काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ७ लाख ८९ हजार ९०० कित्ता शेयर असोज २३ गतेदेखि विक्रीमा ल्याउने भएको छ ।
कम्पनीले प्रतिकित्ता रू. ३९५ मूल्य अंकित गरी उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याउने भएको हो । यो शेयर खरीदका लागि इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर खरीदका लागि असोज ३१ गतेभित्र विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन दर्ता गरिसक्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन कात्तिक १ गते बिहान ११ बजे काठमाडौं, कमलादीस्थित विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।