चितवन । चितवनको हाकिमचोकस्थित चितवन मिडटाउन टाउन रिसोर्ट ( सीमएटी) ले रिसोर्ट ग्राहकहरुको लागि विशेष छूट योजना ल्याएको छ ।
दशैंको अवसर पारेर रिसोर्टले सम्भवत नेपालमै ३०० जनाको ग्राहकको लागि विशेष छूट सदस्यता वितरण गर्न शुरु गरेको हो । आइतवार पत्रकार सम्मेलन गर्दै उक्त रिसोर्टले फूलपातीको दिनदेखि क्यास अफर र मेम्बर्स अफर गरी दुई प्रकारको छूट अफर योजना लागू गरिएको बताएको हो । सो अवसरमा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले सबै वर्गका ग्राहकहरुलाई समेट्ने उद्धेश्यले यो अफर ल्याएको बताए ।
‘यो अफर हाम्रो नाफा कमाउने उद्धेश्य होइन’, उनले भने, ‘यसले नियमित रुपमा ग्राहकसंँग जोडिन र हाम्रो सुविधालाई अनुभव गर्न पाउन भन्ने हो । ’ यस सुविधामा फूलपातीको दिनदेखि १०० दिनसम्म ग्राहकले सदस्यता लिन सक्नेछन । यस सुविधा अन्तर्गत ग्राहकले १०हजार रुपैंयाको अग्रिम रकम भुक्तानी गरेपछि क्यास अफर अन्तर्गत एक वर्षका लागि २ ओटा रुम, मकटेल, ४ ओटा ब्रेकफाष्ट, ७ दिनसम्म २ जनालाई स्वीमिङ्ग लगायतका सुविधा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यस्तै सदस्यता हुने ग्राहकले अर्को अफर अन्तर्गतरुममा २० प्रतिशत छूट, लन्चमा २० प्रतिशत, डिनरमा १५ प्रतिशत, टेकअवेमा १५ प्रतिशत, किट्टीमा १५ प्रतिशत, ब्याक्वेंट सुविधामा १५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । साथै यी ग्राहकको लागि बाई वन गेटवन फ्रि अफर दिएको छ । जसअनुसार २० सुप भाउचर, २० जिर्ट भाउचर, १० स्न्याक्स भाउचर, १० सफ्ट भाउचर र चार लञ्च तथा थाली भाउचरको लागि यो अफर लागू गरिएको घिमिरेले जानकारी दिए ।
क्यास भाउचर छूट सुविधा ५८ हजार ८०० रुपैयाँ र थप सेवामा छूट सुविधा गरी झण्डै डेढ लाख रुपैयाँ बराबरको छूट सुविधा पाउने रिसोर्टले बताएको छ । घरदेखि अफिससम्म, पेशादेखि व्यवसायसम्मका ग्राहकलाई लक्षित गरी सम्भवत पहिलो पटक विदेशको अभ्यास नेपालमा लागू गरिएको रिसोर्टका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिए ।
‘हामीले हरेक क्षेत्र हरेक वर्गका ग्राहकलाई २४सै घण्टा सुविधा दिन र सुझाव सल्लाह पाउन पनि यो सुविधा सार्वजनिक गरेका हौं । सदस्यता लिएपछि ग्राहकलाई अपनत्व र आत्मियता महसुस हुने विश्वास पनि छ ’, लम्सालले भने । कार्ड लिएर आउने जोसुकै ग्राहकले पनि यो सुविधा पाउने लम्सालको भनाइ छ ।
६० जना उद्योगी व्यवसायीको संयुक्त लगानीमा गत पुषदेखि सञ्चालनमा आएको रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो २ हजार ५०० क्षमताको सभाहल छ । यहाँ २० जनादेखि २ हजार जना अट्ने पाँच ओटा हल रहेको छ । यस्तै रिसोर्टमा बातावरण मैत्री र आधुनिक सुविधा सम्पन्न ४२ ओटा कोठाहरु रहेका छन् । यस्तै रिसोर्टमा १०० जना क्षमताको भोजनालय, २०० जना क्षमताको रेष्टुरेन्ट बार, २४ सै घण्टा खुला हुने कफिसप, स्विमिङपुल रहेका छन् ।
यस्तै २२ कठ्ठा क्षेत्रफलमा रहेको रिसोर्टमा २०० ओटा कार पार्किङ्ग र ५०० ओटासम्मको मोटरसाइकल पार्किङ्ग क्षमता छ । रिसोर्टले निकट भविष्यमै पर्यटकीय क्षेत्र सौराहा र मेघौलीमा सिएमटी दुई ओटा चेन रिसोर्ट खोल्ने तयारी गरेको समेत जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।