काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आदर्श लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ ।
डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्झौता गरेपछि नेप्सेले आइतवारदेखि उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । यी दुई कम्पनीले गत असोज १४ गते प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
हाल डिप्रोक्स लघुवित्तको चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ ।
दुवै कम्पनी धितोपत्र बजारमा सूचीकृत छन् । आदर्श लघुवित्तले गत असार १३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको छ ।
धितोपत्र दोस्रो बजारमा असार २९ गते सूचीकृत भएको कम्पनीको शेयर कारोबार प्राप्ति प्रयोजनका लागि नेप्सेले दशै पछि बजार खुला भएकाले रोक्का गरेको हो । प्राप्ति प्रयोजनमा प्राप्ति गर्ने कम्पनीको शेयर कारोबार रोक्का नहुने भएकाले डिप्रोक्सको शेयर कारोबार भने रोक्का भने हुँदैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।