१९ जीवन बीमा कम्पनीहरूले आर्जन गरे १० अर्ब ९७ करोडभन्दा बढी बीमाशुल्क

Share News

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले भदौ महीनामा मात्रै कुल रु. १० अर्ब ९७ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरूले उक्त बीमाशुल्क आर्जन गरेका हुन् । 

सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले साउन महीनामा मात्रै सबैभन्दा बढी रु.२ अर्ब ८५ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रु. १ अर्ब ६१ करोड बीमाशुल्क आर्जन गरेको छ । 

१९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले भदौ महीनामा रु. ११ लाख ४६ लाख बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले रु. १६ करोड ३५ लाख बीमा शुल्क आर्जन गरेको छ । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।