बैंकको ब्याजदर वृद्धिको विरोधमा सुर्खेतका उद्योगी-व्यवसायी आन्दोलनमा

Share News

वीरेन्द्रनगर । बैंकहरूले ब्याजदर बढाएपछि सुर्खेतका उद्योगी-व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको क्रममा शुक्रवार उनीहरूले वीरेन्द्रनगर बजार बन्दको आह्वान समेत गरेका छन् । 

विगतमा राजनीतिक दलले बन्द आह्वान गर्दा चर्को विरोध गर्ने उद्योगी-व्यवसायीहरू आज भने आफै बजार बन्द गर्ने अवस्थामा पुगेका छन् ।

चर्को ब्याजदरका विरुद्ध व्यावसायिक संघ–संस्थाहरुले वीरेन्द्रनगर बजार बन्द गरेपछिको शुक्रवार कर्णाली प्रदेशको राजधानी सुनसान देखिएको छ ।

बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य सङ्घमा बिहीवार बसेको व्यावसायिक सङ्घसंस्थाको बैठकले एक विज्ञप्ति जारी गरेर बन्दको आव्हान गरेको हो । तस्वीर :रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।