काठमाडौं । बरुण हाइड्रोपावरले कार्तिक १४ गतेदेखि गोप्य शिलबन्दीद्वारा सर्वसाधारणका लागि ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले असोज ६ गतेदेखि २८ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले पुनः विक्री खुला गर्न लागेको हो ।
उक्त हकप्रद शेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २१ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यलय टेकु, काठमाडौं र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदने दिन सकिने छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।