तपाईंले जागिर फेर्नुको मुख्य कारण के हो ? ३३ % ले जागिर फेर्नुको कारण बताए - ‘खराब हाकिम’ !

Share News

काठमाडौं । आफ्नो जागिर कालमा हामीमध्ये धेरैले कम्पनी वा रोजगारदाता फेरेका छौं  । कसैले केही महीनामै कम्पनी फेर्छन् भने कसैले कयौं वर्ष बसेर मात्रै ।

आफ्नो आवश्यकता, रुची र अवसर काम गर्ने अवस्था लगायत अनेक परिस्थिति अनुसार जागिर फेर्नुको कारण सबैको फरक हुन सक्छ । करियरमा वृद्धि विकासको अवसर निकै कम हुनु वा हुँदै नहुनु वा खराब हाकिम कर्मचारीले जागिर फेर्नुका मुख्य कारण नभएको हालै भएको एउटा सर्वेक्षणले देखाएको छ । 

भारतमा नोकरी डट कमले भारतीय कर्मचारी र तिनका व्यवस्थापकहरूबीचको सम्बन्धलाई बुझ्न गरेको एउटा सर्वेक्षणमा कर्मचारीहरूले काम र जागिरबीच सन्तुलनलाई महत्व दिने हाकिमहरूसँग काम गर्न रुचाएको पाइएको छ । अक्टोबर १६ मा विश्व हाकिम दिवसको छेको पारेर सो सर्वेक्षण गरिएको थियो । विविध क्षेत्र र अनुभव तह भएका ४ हजार ६०० कर्मचारीमाझ सो सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा सहभागी भएका कुल मध्ये ३७ प्रतिशतको कार्य अनुभव १२ वर्षभन्दा बढी थियो । विद्यमान संगठनमा बस्नुको कारण करियरमा वृद्धिको अवसर भएको सर्वेक्षणले देखाएको छ । बहुमत उत्तरदाता अर्थात् ४२ प्रतिशतले कमजोर करियर वृद्धिलाई पछिल्लो संगठन छाड्नुको मुख्य कारण बताएका थिए । कार्य संस्कृति र कम्पनीको नीतिका कारण जागिर छाड्ने चाँहि ३४ प्रतिशत थिए ।

रमाइलो कुरा चाँहि के भने पछिल्लो संस्था छाडेको बताउने मध्ये ३३ प्रतिशतले मात्रै खराब हाकिमलाई कारण बताएका थिए । ३२ प्रतिशतले भने राम्रो काम गर्न प्रेरित गर्न र समय समयमा पृष्ठपोषण दिने हाकिम/व्यवस्थापकलाई मन पराएका छन् । अधिकांश कर्मचारीहरूले निजी जीवन र कामबीच तेलमेलमा फोकश गर्ने हाकिम रुचाएका थिए ।

यसबाहेक पनि पुरुष हाकिमको सवालमा आफैं कर्मचारीसँग आएर कुरा गर्ने अनि खुला विचार भएका हाकिमहरू धेरैको रोजाईमा परेको जब साइटले देखाएको छ । महिला हाकिमको कुरा गर्नु पर्दा चाँहि उनीहरुले निजी काम र जागिरबीच सन्तुलनलाई प्रवर्द्धन गर्ने अनि आफ्ना कनिष्ठहरूलाई सम्मान गर्नेलाई कर्मचारीहरूले बढी मन पराएको पाइएको छ । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।