काठमाडौं । हजारभन्दा बढी बुकिङसहित टाटा मोटर्सको सबैभन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा बढिरहेको सिप्रदी ट्रेडिङ प्रालिले बताएको छ । टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको कम्पनीको भनाइ छ ।
कम्पनीले तीन चरणमार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ । नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महीना २०० ओटाभन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको बताइएको छ ।
टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलका विद्युतीय गाडीको विक्रीवितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको कम्पनीले बताएको छ । चार्जिङ र ग्राहक सेवासम्बन्धी बृहत् पूर्वाधारसहित यी गाडीको निरन्तर बजार विस्तार भइरहेको कम्पनीको भनाइ छ । सिप्रदी ट्रेडिङले नेपालकै सबैभन्दा धेरै १९ ओटा फास्ट चार्जिङ स्टेसन र १०० ओटा स्लो चार्जिङ स्टेसनको स्थापना गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।