असोज महीनामा कुमारी ईक्वीटी फण्डको सूचीकृत शेयरमा लगानी घट्यो

Share News

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी ईक्वीटी फण्डले असोज महीनाको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । भदौ मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ५१ करोड ४ लाख लगानी गरेकोमा असोज मसान्तसम्ममा रू. ५० करोड ६८ लाखमा झरेको हो ।

त्यस्तै फण्डको एनएभी पनि घटेको छ । भदौ मसान्तसम्ममा फण्डको एनएभी रू. १० दशमलव २८ रहेकोमा असोज मसान्तसम्ममा रू. १० दशमलव १९ मा कायम भएको हो । त्यस्तै फण्डको नोक्सानीमा वृद्धि भएको छ ।

फण्डले भदौ मसान्तसम्ममा रू. ५० लाख ५७ हजार नोक्सानीमा रहेकोमा असोज मसान्तसम्ममा बढेर रू. १ करोड ४२ लाख पुगेको छ । असोज महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. ९२ लाख ५९ हजार ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।

भदौ मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ३३ लाख ३३ हजार रहेकोमा असोज मसान्तसम्ममा बढेर रू. ४९ लाख ७० हजार पुगेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।