लाभांश पारितका लागि अरुण काबेलीले बोलायो कात्तिक ३० मा साधारण सभा, बुक क्लोज कहिले ?

Share News

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लाभांश पारितका लागि बाह्रौं वार्षिक साधारण सभा कात्तिक ३० गते गर्ने भएको छ ।

कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले १० प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा कात्तिक १७ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।