लाभांश पारित गर्न अरुण काबेलीले बोलायो कात्तिक ३० मा साधारण सभा, बुक क्लोज कहिले ?

Share News

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा कात्तिक ३० गते गर्ने भएको छ ।

कम्पनीले सभा बिहान ११ बजे अल्फा बीटा कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा  गर्ने जानकारी दिएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा  कात्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।