असोज मसान्त सम्ममा एनआईसी एशिया फ्लेक्सी क्याफ फण्डले कमायो रू. ४५ लाखभन्दा बढी नाफा 

Share News

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले असोज महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार फण्डले असोज मसान्त सम्ममा रू. ४५ लाख ३८ हजार नाफा कमाएको छ । भदौ महीनाको तुलनामा यो नाफा ३१ प्रतिशत बढी छ । भदौ मसान्तसम्ममा फण्डले रू. ३४ लाख ५१ ह्जार नाफा कमाएको थियो ।

असोज महीनामा फण्डको आम्दानी वृद्धिसँगै नाफा बढेको छ । भदौ महीनामा फण्डको जम्मा आम्दानी रू. ६७ लाख ७९ हजार रहेकोमा असोज महीनामा बढेर रू. ९४ लाख ६५ हजार पुगेको छ ।

 त्यसैगरी फण्डको प्रतिएकाइ खुद सम्पत्ति मूल्य ( एनएभी) भने घटेको छ ।  भदौ मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ९९ रहेकोमा असोज मसान्तमा रू. ९ दशमलव ९६ कायम भएको छ । फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २० करोड १४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. २० करोड ४२ लाख थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।