३० करोड ६० लाख बराबरको स्यानिटरी प्याड आयात हुँदा, निर्यात १ करोड २० लाख मात्रै

Share News

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड २० लाख ५४ हजार रुपैयँबराबरको ४२ लाख ७८ हजार ६८० स्यानिटरी प्याड निर्यात गरेको छ। स्यानिटरी प्याडमा आत्मनिरभर भएको मानिए पनि आयात भने घट्न सकेको छैन । सोही अवधिमा नेपालले ३० करोड ६० लाख ३४ हजार रुपैयाँ बराबरको ३ करोड ८४ लाख ६८ हजार ७७९ स्यानिटरी प्याड आयात गरेको छ । 

गत वर्षको सोही अवधिमा नेपालले २१ लाख १७ हजार रुपैयाँ बराबरको १० लाख २२ हजार स्यानिटरी प्याड निर्यात भएको छ । त्यसै गरी सोही वर्ष ३६ करोड ९३ लाख २३ हजार स्यानिटरी प्याड आयात भएको तथ्यंक छ । 

गत वर्ष भन्दा यो वर्ष निर्यातमा अतुलनीय सुधार भएपनि आयात भने घट्न सकेको छैन । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत प्याडमा ९० प्रतिशतसम्म भन्सार छुट दिएको छ । त्यस कारण ले गर्दा पनि सेनिटरी प्याडको आयात बढेको हो ।

नेपालले चीन, भारत, थाइल्याण्ड, ताइवान लगायतका मूलुकबाट प्याड आयात गरेको छ । तीन महिनाको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी भारतबाट २७  करोड ४२  लाख २५  हजार रुपैयाँ  बराबरको ३ करोड २४ लाख ८७ हजार ६२ प्याड खरिदमा खर्च गरेको छ । त्यसपछि चीनबाट २ करोड ७४  लाख ८७  हजार रुपैयाँको बराबरको ५१ लाख प्याड ८१ हजार ७१० प्याड आयात भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।