काठमाडौं । अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेसँगै आज कात्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ३० गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा अल्फाबिटा नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।