काठमाडौं । मनै लोभ्याउने हिमशृंखलाको दृश्य । हेरिरहुलाग्ने ग्रामीण जीवनशैली । अनुपम संस्कृति र सभ्यता । प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मकवानपुरको थाहा नगरपालिकाको पहिचान हो यो ।
पर्यटकीय सम्भावना बोकेको यो नगरपालिकाकाको पर्यटन प्रवर्द्धनका लागि काठमाडौंको वसन्तपुरमा फोटो प्रदर्शनी भइरहेको छ । थाहा नगरपालिकाको आयोजनामा शुक्रवारबाट शुरु भएको प्रदर्शनीमा नगरपालिकाका मनमोहक दृश्य कैद गरिएका १०० फोटो राखिएका छन् ।
प्रदर्शनीमा कुलेखानी मार्खुकाे फाेटाेदेखि हिमशृंखलाकाे दृश्यकाे फाेटाे राखिएकाे छ । यस्तै विभिन्न मठ, मन्दिरका फाेटाे पनि प्रदर्शनीमा छन् ।
‘थाहा फोटो प्रदर्शनी २०७९’ नाम दिइएको उक्त प्रदर्शनी आइतवारसम्म चल्नेछ । प्रदर्शनीमा राखिएका फोटो फोटो पत्रकार गणेश विष्टले खिँचेका हुन् ।
फोटोको माध्यमबाट ठाउँ चिनाइ पर्यटकलाई घुम्न आउन प्रेरित गर्ने उद्देश्यले प्रदर्शनी राखिएको थाहा नगरपालिकाले जनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।