बरुण हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार

Share News

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार अर्थात् कात्तिक २१ गते (भोलि) सम्म रहेको छ ।

कम्पनीले गत भदौमा विक्री नभएको ३ लाख ५५ हजार ६० कित्ता शेयर कात्तिक १४ गतेदेखि लिलामी ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघसंस्थाहरूले कात्तिक २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू पर्साको वीरगञ्ज, धनुषाको जनकपुर, चितवनको नारायणगढ, बाग्लुङको बाग्लुङ बजार, रूपन्देहीको बुटवल, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, झापाको बिर्तामोड, मकवानपुरको हेटौंडा, दाङको तुल्सीपुर, कञ्चनपुरको महेन्द्रनगर र मोरङको विराटनगर र कास्कीको पोखरास्थित क्षेत्रीय कार्यालयबाट बोलपत्र आवेदन र फारम बुझाउन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।