काठमाडौं । यस वर्षको पहिलो त्रैमासमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको यसै अवधि सम्मको तुलनामा ६३ दशमलव ७५ प्रतिशत कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ५ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८६ लाखभन्दा बढी मात्र खुद नाफा गरेको छ ।
कम्पनीको सञ्चालन नाफा पनि गत वर्षभन्दा यस वर्ष ६३ दशमलव ७५ प्रतिशत नै कम भएको छ । गत वर्ष रू. ७ करोड ३३ लाखभन्दा बढी सञ्चालन नाफा भएकोमा यस वर्ष रू. २ करोड ६५ लाखभन्दा बढी मात्र भएको छ । यस वर्ष इम्पेरिमेण्ट चार्ज घटे पनि कम्पनीको कुल सञ्चालन आम्दानी पनि घटेकाले सञ्चालन आम्दानीसँगै खुद नाफामा असर परेको हो ।
गत वर्ष रू. १३ करोड ७२ लाखभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ६२ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको छ ।
इम्पेरिमेण्ट चार्ज भने गत वर्ष रू. ७५ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. ५२ लाखभन्दा बढी मात्र रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ५ लाखभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३३ करोड ३९ लाख १४ हजार रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ रू. २० करोड ४२ लाख र जगेडा कोषमा रू. १० करोड ५१ लाखभन्दा बढी रहेको छ ।
गत वर्षभन्दा यस वर्ष २७ दशमलव ४६ प्रतिशत बढी रू. १ अर्ब ७९ करोड निक्षेप संकलन गरेको कम्पनीले करीब १५ प्रतिशत बढी रू. ४ अर्ब ९७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ६५ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २२ दशमलव ३० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १९२ दशमलव ६६ रहेको छ ।
स्रोतः कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा आधारित
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।