बरुण हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट 

Share News

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामीा प्रकृयाबाट विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूको बोलपत्र कात्तिक २८ गते खोलि कात्तिक २९ गते बाँडफाँट गरिएको विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । उक्त शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता रू. १९१ दशमलव ३४ रहेको विक्री प्रबन्धकको भनाई छ । 

यो मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ । यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम मंसिर २ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।