बरुण हाइड्रोपावरको खुद नाफा करिब ११ प्रतिशत घट्यो

Share News

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म रू. ८८ लाख ८२ हजार खुद नाफा गरेको छ । गत आवको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ८६ प्रतिशत कम भएको हो । गत आवको यस अवधिसम्म कम्पनीले रू. ९९ लाख ६४ हजार खुद नाफा गरेको थियो । 

यस आवमा कम्पनीको विद्युत् विक्री आम्दानी १८ दशमलव २१ प्रतिशत बढी भएको छ । गत आवमा रू. ३ करोड २४ लाखभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ८३ लाखभन्दा बढी यो आम्दानी गरेको हो । 

विद्युत् विक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा कम्पनीको खुद नाफा घटेको हो । गत आवमा रू. ४० लाख ३४ हजार वित्तीय खर्च गरेको कम्पनीले यस आवमा रू. ५० लाख ९६ हजार वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख ७ हजार रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. १ करोड ७१ लाखभन्दा बढी छ ।

कुल चालू सम्पत्ति रू. २४ करोड ५५ लाखभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्त्व रू. २० करोड ९९ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।