सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँट 

Share News

काठमाडौं । सानिमा क्यापिटलले गत कात्तिक १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँट गरेको छ ।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले मंसिर ११ गते रीतपूर्वक आवेदन दिने आवेदकहरूलाई उक्त योजनाको इकाई बाँडफाँट गरेको जानकारी दिएको छ । योजना व्यवस्थापकले प्रतिइकाई रू. १० अंकित दरको १२ करोड इकाई विक्री गरेको हो ।

कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमामार्फत विक्री गरेको हो ।

११ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाको इकाई बाँडफाँटपश्चात् धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइने योजना व्यवस्थापकको भनाइ छ । योजनाले कमाएका खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गरिने योजना व्यवस्थापकको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।