एनआईसी एशिया  डाइनामिक डेप्ट फण्डको सूचीकृत धितोपत्रमा लगानी बढ्यो, नाफा कति ?

Share News

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले कात्तिक मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार फण्डको सूचीकृत धितोपत्रमा लगानी बढेको छ । असोज महीनाको तुलनामा कात्तिक महीनामा फण्डको सूचीकृत शेयरमा लगानी ३ प्रतिशत वृद्धि भएको छ । फण्डले असोज मसान्तसम्म सूचीकृत शेयरमा रू. ९ करोड ५४ लाख लगानी गरेकोमा कात्तिक मसान्तसम्म रू. ९ करोड ८८ लाख पुर्‍याएको छ ।

सूचीकृत शेयरमा लगानी बढे पनि फण्डको न्याभ भने घटेको छ । असोज मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ७७ रहेकोमा कात्तिक मसान्तमा रू. १० दशमलव २८ कायम भएको छ । 

त्यसैगरी फण्डले कात्तिक मसान्तसम्म रू. ९८ लाख ७२ हजार नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा १२८ प्रतिशत बढी हो । असोज मसान्तसम्म रू. ४३ लाख २९ हजार नाफा कमाएको फण्डको कात्तिक महीनामा आम्दानीमा वृद्धि भई नाफा पनि बढेको छ । फण्डले असोज मसान्तसम्म रू. ७० लाख ६४ हजार आम्दानी गरेकोमा कात्तिक मसान्तसम्म बढेर रू. १ करोड ३४ लाख पुगेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।