काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनओटा म्युचुअल फण्डले कात्तिक मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
शुभ लक्ष्मी कोष, लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार तीनओटै फण्डको न्याभ असोज महीनाको तुलनामा कात्तिक महीनामा वृद्धि भएको छ ।
शुभ लक्ष्मी कोषको न्याभ असोज महीनामा रू. ९ दशमलव ८७ रहेकोमा कात्तिक मसान्तसम्ममा रू. ९ दशमलव ९५ पुगेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ असोज मसान्तसम्मा रू. ९ दशमलव ६७ रहेकोमा कात्तिक मसान्तसम्म बढेर रू. ९ दशमलव ८५ पुगेको छ ।
लक्ष्मी इक्विटी फण्डको न्याभ कात्तिक मसान्तसम्म रू. ९ दशमलव ५६ पुगेको छ । यस फण्डको न्याभ असोज मसान्तसम्म रू. ९ दशलमव ३९ थियो । यो फण्ड कात्तिक मसान्तसम्म रू. २६ करोड ६ लाख नोक्सानीमा रहेको छ । फण्ड असोज मसान्तसम्म पनि रू. २८ करोड १४ लाख नोक्सानीमा थियो ।
कात्तिक महीनामा खर्चमा वृद्धि भएको एवं जम्मा आम्दानी रू. २५ करोड ३२ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा गएको छ । यो फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ८७ लाख लगानी गरेको छ । यस्तो लगानी असोज मसान्तसम्म रू. ७१ करोड ३ लाख थियो ।
त्यस्तै लक्ष्मी उन्नति कोष पनि कात्तिक महीनामा नोक्सानीमा रहेको छ । फण्ड कात्तिक मसान्तसम्म रू. ९ करोड ६४ लाख नोक्सानीमा रहेको छ । असोज मसान्तसमा पनि फण्ड रू. १० करोड ८६ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी असोज महीनाको तुलनामा कात्तिक महीनामा केही घटेको छ ।
त्यसैगरी शुभ लक्ष्मी कोष कात्तिक मसान्तसम्म रू. १३ लाख ५३ हजार नोक्सानीमा रहेको छ ।
असोज मसान्तसम्म पनि फण्ड रू. ३५ लाख ५ हजार नोक्सानीमा थियो । कात्तिक महीनामा यी तीनओटै फण्डहरूको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।