काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको जहाजलाई बंगलादेशमा आकस्मिक अवतरण गराइएको छ ।
नेपाल एयरलाइन्सका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशको चटगाउँ अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।
आरए ४०१ उडान नम्बर रहेको ए३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाजलाई पुनः बैंकक उडाउने तयारी भइरहेको एयरलाइन्सको भनाइ छ ।‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कुनै खराबी नदेखिएकोले जहाज पुनः बैंकक उडाउन लागिएको हो । जहाजमा १५२ जना यात्रु सवार रहेको नेपाल एयरलाइन्सले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।