बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत, सोमवारदेखि खरीदविक्री गर्न मिल्ने

Share News

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । सोमवारदेखि कम्पनीको सूचीकृत शेयर दोस्रो बजारमा खरीदविक्री गर्न सकिनेछ । 

कम्पनीले गत भदौ ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको सत प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।